व्यवस्थापिका संसदको बैठक बस्दै

timthumb (1)काठमाण्डौ । व्यवस्थापिका संसदको बैठक बस्दैछ। संसद बैठकमा सोमबार विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्नेछ।

यसअघि शनिवार बसेको संसद बैठकले नयाँ संविधान जारी भएको ४ महिनापछि नेपालको संविधान २०७२ को पहिलो संशोधन गरेको थियो।

संसद बैठकले दुई तिहाई बुहमतबाट जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र समावेशी समानुपातिक प्रतिनिधित्वको प्रस्ताव पारित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्: