ताप्लेजुङ सदरमुकाम एक सातादेखि अन्धकार

opperationताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ विद्युतको अभावमा एक सातादेखि अन्धकार हुँदै आएको छ । विद्युत आपूर्ति ठप्प हुँदा जिल्ला अस्पतालमा समेत ‘टर्च लाइट’ बालेर अप्रेसन गर्नुपर्ने वाध्यता छ । विद्युत र ईन्धन नहुँदा अस्पतालको एक्सरे सेवा पनि बन्द भएको छ ।
सदरमुकाममा विद्युत प्रवाह गर्दै आएको हाङ्पाङ गाविसमा रहेको सोबुवाखोला साना जलविद्युत आयोजनाको कुलो मर्मत गर्ने भन्दै गत मंगलबारदेखि विद्युत आपूर्ति रोकिँदा अस्पतालको सम्पूर्ण सेवा प्रभावित बनेको हो ।

यता सदरमुकाममा रहेका बैकहरुले पनि विद्युत समस्याका कारण मंगलबारदेखि आफ्नो सेवा अवधि घटाउने तयारी गरेका छन् । जिल्लाका साना–ठूला उद्योग बन्द भईसकेका छन् । फुङ्लिङबजार सहित आसपासका क्षेत्र हाङ्पाङ, चाँगे र ढुङ्गेसाँघु गाविस पनि अन्धकारमा बस्नुपरेको एक साता पुगिसकेको छ ।

सदरमुकाममा रहेको जिल्ला प्रशासन, नेपाली सेना र प्रहरीमा विद्युत उपभोक्ता संस्थाले सिधा लाईन (२४ सै घण्टा आउने बत्ति) जोडि स्थानियको मर्का प्रशासनले नबुझेको भन्दै स्थानियबासी आक्रोशित बनेका छन् ।
केन्द्रीय प्रसारण लाईन नजोडिएको ताप्लेजुङमा साना जलविद्युत आयोजनाबाट मात्र विद्युत वितरण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्: