बिर्ताबजार घैलाडुवा सडक कालोपत्रे हुने

DSC_0839बिर्तामोड । बिर्ताबजार घैलाडुवा सडक कालोपत्रे हुने भएको छ । बिर्ताबजारबाट कनकाइ नगरपालिका जोडिने घाग्रा खोलासम्मको ५ किलोमिटर सडक कालोपत्रे हुने भएको हो ।

सो सडक निर्माणका लागी सांसद कोषबाट १५ लाख, वडाबाट १० लाख ५० हजार र नगरपालिकाबाट १ करोड रुपैयाँ बजेट बिन्यास भइसकेको स्थानीय उपभोक्ता मदन आचार्यले बताएका छन् । गोकुल जोसी मार्ग नामाङकन भएको सो सडक ६० फिटको रहनेछ । सडक कालोपत्रे हुदाँ सो क्षेत्रका हजारौँ उपभोक्ता लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्: