भारतबाट थप ९० मेगावाट बिजुली ल्याइने, दुई घण्टा लोडसेडिङ घट्ने

download (3)काठमाण्डौ । विद्युत् प्राधिकरणले अर्को सातादेखि भारतबाट थप ९० मेगावाट बिजुली आयात गर्ने भएको छ। नेपाल–भारतबीच ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माण सकिन लागेकाले त्यसैबाट थप ९० मेगावाट आयात गर्न लागिएको हो। कान्तिपुर दैनिकमा समाचार छ।

९० मेगावाट थपिएपछि मुलुकमा लोडसेडिङ दुई घण्टा घट्ने प्राधिकरणका अधिकारीले बताए। अहिले दैनिक १५ घण्टासम्म लोडसेडिङ छ।

‘ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम यसै साता सम्पन्न हुँदैछ। फेब्रुअरी पहिलो साताभित्रमा उक्त प्रसारण लाइनबाट ९० मेगावाट बिजुली आयात गर्न थाल्नेछौं, त्यसले केही हदसम्म लोडसेडिङ घटाउन मद्दत र्पुयाउने छ,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले भने।

हाल प्राधिकरणले भारतबाट २ सय ३५ मेगावाटको हाराहारीमा बिजुली आयात गरिरहेको छ। ९० मेगावाट थपिएपछि भारतबाट आयात हुने बिजुली ३ सय २५ मेगावाट पुग्नेछ, जुन हिउँदयाममा मुलुकभरका विद्युत् आयोजनाहरूबाट उत्पादन हुने कुल बिजुलीको हाराहारी हो।

प्रतिक्रिया दिनुहोस्: