झापाका मेनपावर ब्यवसायीद्धारा घाइते तामाङ्गलाई ५० हजार सहयोग

bupal 1        bhu12                                                                                      

बिर्तामोड । झापाका मेनपावर ब्यवसायीले दुर्घटनामा परी गम्भिर घाइते भएका मेचीनगर–४ मागुरमाडीका रेसबहादुर तामाङ्गलाई ५० हजार सहयोग गरेका छन् ।

माघ १ गते धुलाबारीबाट शान्तिनगर जाने क्रममा मागुरमाडी सामुदायिक बनमामोटरसाइकलमा जादै गरेका तामाङ्ग जनावारसँग ठोकिएर दुर्घटनामा परि टाउकोमा गम्भिर चोट लागेको थियो । सोहि दिन बि एण्ड सी हस्पिटल बिर्तामोडमा तामाङ्गको टाउकोको शल्यिक्रिया गरिएको थियो ।

शल्यिक्रियामा धेरै रकम लाग्ने भएको र आर्थिक अवस्था नाजुक भएका तामाङ्गलाई बिर्तामोडको शिवाकोटी मेनपावर सर्भिस प्रालि सञ्चालक भूपाल शिवाकाटीको सक्रियतामा मेनपावर ब्यवसायीहरुले सहयोग गरेका हुन् ।

बिर्तामोडको शिवाकोटी मेनपावरका सञ्चालक भूपाल शिवाकाटीले पाँचहजार, अञ्जली ओभरसिजका भानु शिवाकाटीले, पाँचहजार, लोट्रस मेनपावरका दुर्गा पाख्रलले पाँचहजार, फ्लोरिड मेनपारका राजकुमार थापाले तीनहजार लगायत २९ वटा मेनपावरबाट संकलित ५९ हजार ५ सय रुपैयाँ मध्ये ५० हजार रुपैयाँ तामाङ्गकी श्रीमतीमा नाममा नेपाल बैंक लिमिटेडमा रहेको खाता नं. ०५५००००८२६०९ मा जम्मा गरी त्यो भौचर घाइतेकी बहिनी अनिता तामाङ्गलाई हस्तातरण गरेको भूपाल शिवाकोटीले बताए ।bhupal 11

शिवाकोटीले भने‘ यदी अन्य महानुभाबले पनि सहयोग गर्न चाहे मलाई सम्पर्क गर्न सक्नुहुन्छ ।’ भूपालले भने बाँकी रहेको रकममा सहयोग गर्ने क्रम जारी रहेकोले फेरि एकमुष्ट रुपमा बैंकमा जम्मा गर्ने बताए । साथै मेचीनगरनगरपालिकामा ‘रेसबहादुर तामाङ्ग बचाऊ’ अभियान नै सञ्चालन गरेर सहयोग जुटाइदै गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: