ग्यारेजमा राखेको बसमा आगलागी, एकजनाको मृत्यु

timthumb (1)ललितपुर । ललितपुरको धोबीघाटमा ग्यारेजमा रोकिराखेको बसमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ।

गएराति एक बजेतिर धोविघाटको ग्यारेजमा रोकिराखेको बा १ ख ८०६८ नम्बरको नेपाल यातायातको बसमा आगलागी भएको र आगलागीमा परी एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको पहिचान हुन सकेको छैन। आगलागीमा ज्यान गुमाएका व्यक्तिको शरीरमा चिन्नै नसक्ने अबस्थामा बसभित्रै फेला परेको प्रहरीले जनाएको छ।

बसमा राति एक्कासी कसरी आगलागी भयो भन्नेबारे केही खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: