मधेसी मोर्चासँगको वार्ता र नाका दुबै बन्द

download (4)काठमाण्डौ । प्रमुख तीन दल र मधेसी मोर्चाबीच ५ माघ यता संवाद टुटेको छ। बालुवाटारमा तीन दल र मोर्चाबीच शीर्ष तहको वार्तामा प्रधानमन्त्री केपी ओली आक्रोशित रुपमा प्रस्तुत भएपछि वार्ता भाँडिएको थियो। प्रधानमन्त्री ओली र तमलोपा उपाध्यक्ष हृदयश त्रिपाठीबीच भनाभनसमेत भएको थियो। त्यसपछि वार्ता भएन, दलहरुले ९ माघमा संविधान संशोधन गरे। नयाँ पत्रिका दैनिकमा समाचार छ।

‘संविधान संशोधनपछि मोर्चासँग संवाद भएको छैन,’ उपप्रधानमन्त्री तथा सरकारी कार्यदलका सदस्य भीम रावलले भने, ‘तर, हामी संवाद नै गर्न नसक्ने अवस्थामा पुगेको भने होइन।’ मध्यस्थकर्तामार्फत् वार्ता सुरु गर्ने मनस्थितिमा मोर्चा र सरकार छन्। तर, अविश्वासको वातावरण बढ्दै गएको संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए।

‘दुई पक्षवीच बोलचाल नै बन्द नभएकाले तेस्रो पक्ष आबश्यक त होइन, श्रेष्ठले भने, ‘तर विश्वासको वातावरण बनाउन आवश्यक छ।’

यसैवीच सरकारी पक्षले मेधसी मोर्चासँग भन्दा भार।तसँग नेगोसिएसन गरेर मधेस आन्दोलनको बैठान गर्न खोजेको छ। प्रधानमन्त्री केपी ओलीले पनि मधेस आन्दोलन टुंग्याउन विभिन्न माध्यमबाट भारतीय पक्षसँग छलफल गरेका छन्।

सरकारले आन्दोलन गलाएर टुंगो लगाृने रणनीति पनि लिएको छ। संविधान संशोधनपछि संवादहीन अवस्था हुनुलार्ए मोर्चाका नेताहरुले लगाउने रणनीतिका रुपमा बुझेका छन्। मोर्चालाई फकाएरभन्दा गलाएर आन्दोलनबाट फिर्ता गराउने रणनीतिमा सरकार लागेको सदभावनाका महासचिव मनिष सुमनले बताए।

प्रतिक्रिया दिनुहोस्: