म्यानचेष्टर सिटी लिग कप फुटबलको फाइनलमा

timthumb (2)काठमाण्डौ । म्यानचेष्टर सिटी लिग कप फुटबलको फाइनल प्रवेश गरेको छ। गएराति भएको लिग कपको दोस्रो लेगको खेलमा एभर्टनमाथि ३–१ ले बिजयी भएको सिटी समग्रमा ४–३ गोलअन्तरको जित निकाल्दै लिग कप फुटबलको फाइनल पुगेको हो। सिटीले अब उपाधिका लागि लिभरपुलको सामना गर्नेछ।

पहिलो लेगको खेलमा एभर्टनसँग २–१ ले पराजित भएको सिटीले गएराति आफ्नै घरेलु मैदानमा दोस्रो लेगको खेल एभर्टनलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा स्टोक सिटीलाई पराजित गर्दै लिभरपुल प्रतियोगिताको फाइनल पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्: