भन्सालीको ‘गुस्तखियाँ’ मा फेरि दीपिका

deepika-padukoneएजेन्सी । बलिउडका प्रसिद्ध निर्देशक सञ्जयलीला भन्सालीले फेरि दीपिका पादुकोणलाई मुख्य भूमिकामा अभिनय गराउने भएका छन् ।

‘बाजीराव मस्तानी’मा अभिनय गरेपछि अहिले बलिउडमा दीपिकाको चर्चा निक्कै बढेको छ । ‘बाजीराव मस्तानी’ मा दीपिकाले मस्तानीको भूमिका निर्वाह गरेकी छिन् भने प्रियंका चोपडाले काशीबाइको भूमिका निर्वाह गरेकी छिन् ।

साहिर लुधियानी र अमृता प्रीतमको प्रेमकथामा फिल्म बनाउने तयारीमा रहेका भन्सालीले दीपिकासंग सम्झौता गरिसकेका छन् । फिल्मको नाम रहेको छ ‘गुस्तखियाँ’ ।

भन्सालीकै निर्देशन रहेको ‘रामलीला’ मा पनि दीपिकाले मुख्य भुमिका निर्वाह गरेकी थिईन् । भन्सालीका अनुसार साहिरको कबिताको प्रभाव सिंगै बलिउडमा परेको छ । उनी आफ्नो आमासंग बसे । तर, प्रेमकथा सँधै अधुरै रहयो ।

प्रतिक्रिया दिनुहोस्: