युु–१९ विश्वकप क्रिकेट– नेपाल भारतविरुद्ध व्याटिङमा

timthumb (3)काठमाण्डौ । बंगलादेशमा जारी आईसीसी अन्डर १९ विश्वकप क्रिकेटमा नेपालले तीन पटकको विजेता राष्ट्र भारतसँग प्रतिस्पर्धा गरिरहेको छ। बंगलादेशको शेरेबंगला रंगशालामा भइरहेको खेलमा नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ। खेल केहीबेरमै सुरु हुँदैछ। खेल मैदानमा कुहिरो लागेकाले खेल सुरु हुन ढिला भएको छ।

नेपालले समूह चरणको अन्तिम खेलमा छिमेकी राष्ट्र भारतको सामना गर्न लागेको हो। समूह चरणका अन्य दुई खेलमा नेपालले टेष्ट मान्यता राष्ट्र न्यूजिल्याण्डलाई ३२ र आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा यसअघि नै पुगिसकेको छ। नेपाल र भारतवीचको खेलले समूह डीको विजेता र उपविजेता टुंगो लगाउनेछ।

न्यूजिल्याण्ड र आयरल्याण्डलाई पराजित गरेको नेपाल भारतविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रिनेछ। भारत यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको तीनपटकको विजेता हो। समूह डीमा नेपाल र भारतले समान चार–चार अंक बटुलेका छन् । झिनो रनरेटमा भारत शीर्ष स्थानमा छ ।

नेपालले भारतविरुद्ध दुई पटक प्रतिस्पर्धा गरेको छ जसमा नेपालले भारतलाई हराउन सकेको छैन। सन् २००० को यू–१९ विश्वकपमा नेपाल भारतसँग ८ विकेट र सन् २०१४ को यू–१९ एसिया कपमा ९ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्: