रोनाल्डोको ह्याट्रिकमा रियल मड्रिडको फराकिलो जित

timthumb (1)काठमाण्डौ । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मदतमा रियल मड्रिडले स्पानियोलमाथि फराकिलो जित दर्ता गराएको छ।

गएराति आफ्नै घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा रोनाल्डोको ह्याट्रिकको मदतमा रियलले स्पानियोलमाथि ६–० को फराकिलो जित निकालेको हो।

रियलले खेलको ७ औँ मिनेटमै करिम बेन्जिमाको गोलबाट अग्रता लिएको थियो। खेलको १२ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। त्यसको ४ मिनेटपछि नै जेम्स रोर्डिगेजले गोल गरेपछि रियल पहिलो हाफको १६ मिनेटमै ३–० को अग्रता लियो।

पहिलो हाफको अन्तिम समय ४५ औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि पहिलो हाफमा रियल ४–० को अग्रता लिन सफल भयो।

यस्तै खेलको ८२ औँ मिनेटमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरे। ख्ेलको ८६ औँ मिनेटमा स्पानियोलका डाउर्टेले आत्मघाती गोल गरेपछि रियल मड्रिड ६–० गोल अन्तरले विजयी भयो।

जितसँगै रियल २२ खेलबाट ४७ अंकका साथ लिगको तेस्रो स्थानमा यथावत छ भने शीर्ष स्थानमा रहेको बार्सिलोनाको २१ खेलबाट ५१ अंक छ। दोस्रो स्थानको एथ्लेटिको मड्रिडको २२ खेलबाट ४८ अंक छ।

प्रतिक्रिया दिनुहोस्: