यसरी व्यवस्थित गर्दै छन् प्रचण्ड–आफु र पार्टीलाई

timthumb (1)काठमाण्डौ । सोमबार एमाओवादी मुख्यालय पेरिसडाँडामा एमाओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकार भेटघाटका लागी मिडियाकर्मीहरुलाई निम्त्याएका थिए ।

पत्रकारहरु जम्मा भइसक्दा समेत प्रचण्ड भने पदाधिकारीहरुसँगको छलफलमा छन् भन्ने सुचना आयो । पत्रकारहरुविच खासखुस चल्न थाल्यो –कतै प्रचण्डले कुनै ठुलै घोषणा गर्न लागेका त होइनन् ?

पछि प्रचण्डको सचिवालय मार्फत थाहा भयो कि प्रचण्डले पत्रकारहरुसँग बोल्नुअघि उपलब्ध पदाधिकारीसँग ‘बोल्ने विषय’का बारेमा छलफल गरेका थिए ।

केही समयअघि एमाओवादीको सहायक संगठन वाइसीएल नेपालको राष्ट्रिय भेलामा पुगेका प्रचण्डले उसैगरी नेतृत्व छनौटको प्रक्रियालाई चूनावमा लैजाने की सहमतिमार्फत गर्ने भन्ने विषयमा एक्लै निर्णय गरेका थिएनन् । उनले दिउसो लगत्तै स्थायि समिति बोलाएर निर्णय गराए ।

प्रचण्डको सचिवालयका सदस्य प्रकाश दाहालका अनुसार कुनै पनि निर्णय प्रचण्ड आजकल एक्लै गर्दैनन् । पदाधिकारी वा स्थायि समितिमा माइनट गराएर मात्रै गर्ने गरेका छन् ।

भ्याएसम्म पेरिसडाँडा आउँछन्
प्रचण्ड आजकाल भ्याएसम्म दिनको एकपटक पेरिसडाँडाको मुख्यालयमा आउँछन् । नेता कार्यकर्तासँग पार्टी कार्यालयमै छलफल गर्छन् र कार्यकर्तालाई समय दिन्छन् ।

पछिल्लो केन्द्रिय समितिको बैठकपश्चात लगातार प्रचण्ड पेरिसडाँडा आउन थालेका हुन् ।

सचिवालय व्यावस्थित
प्रचण्डले आफ्नो निजी सचिवालयमा पूरानो टिममा परिवर्तन मात्रै गरेनन् थप मजबुत र व्यवस्थित समेत बनाएका छन् । उनको निजी सचिवालयले सकेसम्म कामहरुको व्यवस्थापनमा कुनै आलोचना हुन नपाओस् भनेर ध्यान दिने गरेको देखिन्छ ।

सचिवालयले प्रचण्डको वेभसाइड दैनिक अपडेट गर्ने, मोबाइल एप्स निर्माण तथा संचालन गर्ने, फेसुबक तथा ट्विटरजस्ता सामाजिक संजाललाई संचालन तथा अपडेट गर्ने काम गरिरहेको छ ।

ति समाजिक संजाल तथा वेभहरुमा प्रचण्डको कार्यक्रम तालिका समेत सार्वजनिक गर्ने गरिएको छ भने प्रचण्ड आफै पनि नियमित रुपमा ति संजाल तथा साइडहरु भिजिट गर्ने गरेको सचिवालय सदस्य प्रकाश दाहालले बताए ।

निर्णय गर्दा संस्थागत गर्न प्रचण्ड पछिल्लो समय बढी नै तल्लिन् छन् । ‘हिजोहिजो गलत भए प्रचण्डलाई अपजस र सहि भए अरुलाई जस जाने जस्तो भएको थियो’–सचिवालयका एक सदस्यले बताए । अब जसअपजस दुवै संस्थागत भएको छ ।

प्रचण्डको व्यवस्थापनबाट पार्टी तथा प्रचण्ड आफै समेत व्यवस्थित हुँदै गएको अनुभूति माओवादी नेता तथा कार्यकर्ताले गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्: