गोली लागेर एकको मृत्यु

Rupandehiरुपन्देही । रुपन्देहीको सैनामैनामा अज्ञात समुहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । सैनामैना १० रामापुर शान्तिटोल निवासी ३४ बर्षीय खगिश्वर काफ्लेको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार व्यक्तिहरुले काफ्ले माथि गोली चलाएका थिए । छातिमा गोलि लाग्दा गम्भिर घाइते भएकाकाफलेको लुम्बीनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक सुवास खड्काले जानकारी दिए ।
चिठि दिने नाममा राति करिब ८ बजेको समयमा मृतक काफ्लेलाई घरबाहिर बोलाए लगत्तै गोलि प्रहार भएको थियो । गोलि कसले र किन प्रहार गरेको भन्ने अझै खुल्न नसकेको प्रहरी निरीक्षक खड्को भनाई छ ।
काफ्लेको श्रीमती सँगै ७ बर्षीय छोरी र ५ बर्षीय छोरा रहेका छन् । खगिश्वर बिगत ३ बर्ष अगाडी बैदेशिक रोजगारीबाट फर्के लगत्तै रामापुरमा ग्रिल उद्योग सञ्चालन गरेको र हाल सो उद्योग समेत बन्द गरी पुनह बिदेश जाने तयारीमा रहेको स्थानीयको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: