नियमावली मस्यौदा समितिको म्याद १५ दिन थप

downloadकाठमाण्डौ । संसदको नियमावली बनाउन गठित समितिले पाएको थप १५ दिनमा एक दिन पनि विवादित विषयमा छलफल चलाएन । म्याद सकिएकै दिन मंगलबार पुनस् एक महिना म्याद थपको प्रस्ताव राखेपछि समितिका सदस्यहरूबीच असन्तोष छाएको छ । कान्तिपुर दैनिकमा समाचार छ।

चार महिनादेखि संसद अन्तरिम नियमावलीअनुसार चल्दै आएको छ । नयाँ संविधानअनुसार नियमावली बन्न नसकेपछि संसदअन्तर्गतका समिति र अन्य कामकारबाहीसमेत प्रभावित छन् ।

मंसिर ४ मा समितिलाई एक महिनाको समय दिइएको थियो । तेस्रोपल्ट थपिएको १५ दिनको म्याद मंगलबार सकिएको छ । विवादित विषयमा एक पटक बैठक नबस्ने, म्याद थप्नका लागि नियोजित रूपमा बैठक डाकिएकोमा सदस्यहरूबीच आपत्ति जनाएका थिए ।
मंगलबारको बैठकमा थप एक महिना थप्नुपर्ने प्रस्ताव राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्: