नेपाल वायु सेवा निगमको जहाजले दियो यात्रुलाई सास्ती

Suketar_Airportताप्लेजुङ । ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा यात्रुले हैरानी पाउन थालेका छन् । कालोपत्रे भएपछि ठूलै प्रचारका साथ सातामा तीन दिन विमान आउने भनिएपनि विमान नआउदा यात्रु समस्यामा परेका हुन् ।

आइतबार, बुधबार र बिहीबार उडान तालिका राखेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तालिका अनुसार यात्रु बोलाए पनि विभिन्न कारण देखाएर निगमले निरन्तर उडान रद्ध गरेपछि यात्रुले सास्ती भोग्नुपरेको छ ।

गुणस्तरीय सेवा र सुविधासम्पन्न अस्पताल समेत नभएको पहाडि जिल्ला ताप्लेजुङका स्थानियको लागि हवाई यातायात महत्वपूर्ण हुने गरेको छ ।

तर निगमले तोकेको समयमा सुकेटार विमानस्थलमा गएर विमानको प्रतिक्षामा बसेका विरामी तथा अन्य हवाई यात्रु विमान रद्द हुदा समस्यामा पर्ने गरेका छन् ।

सुकेटार विमान स्थलले कहिले मौषम त कहिले ईन्धनको कारण देखाउँदै उडान रद्द गर्दा यात्रु भने समस्यामा पर्ने गरेका हुन् ।
जहाज आउने आसामा विहानै देखी बिरामी श्रीमान् र सानो बच्चा लिएर विमानस्थलमा उपस्थित ओलाङचुङगोला गाविसकी डोङगा शेर्पाले निगमका ताप्लेजुङ स्थित कर्मचारीले अब आउँछ आउनुस भनि बोलाउने तर सुकेटार पुगेर बिहानभरि कुर्न लगाएर पुन रद्द भनि हैरानि दिने गरेको गुनासो गर्छिन् ।

कर्मचारीले फेरि त्यसको डिले दिन्छ भन्ने अनि कुर्न लगाउने र फेरि रद्द भनिदिने गरेकाले उपचारमा ढिला भएको शेर्पाको दुखेसो छ ।
विरामि लिएर आएका स्थानिय सुकेटारमा बस्न चिसो भएकाले सदरमुकाम फुङलिङमा होटलमा बसेर सुकेटार धाउने गरेका छन् ।
उता ताप्लेजुङ आउन काठमाडौं एयरपोर्टमा धाउनेको पनि त्यस्तै हालत रहेको छ । गाडिमा नहिड्न डाक्टरले सुझाव दिएका अधिकांश विरामी जहाजको प्रतिक्षामा रहेका छन् ।

अहिले ताप्लेजुङ सदरमुकाममा दैनिक तीन दर्जनभन्दा बढी वृद्ध, असक्त दिनहुँ सुकेटार एयरपोर्ट धाइरहेका छन् । तर जहाज आएकै छैन ।
जहाज आउन सक्ने मौषममा पनि निगमका कर्मचारीको लापरबाहिका कारण जहाज नआएको स्थानियको आरोप छ । निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज विकास राई जहाज नआउँदा यात्रुहरुको दबाब थेग्न कठिन भएको र दैनिक यात्रुको गाली सहनुपरेकोमा चिन्तित छन् ।
सुकेटार विमानस्थलमा निगमबाहेक गोमा एयरले सातामा दुई दिन मंगलबार र शुक्रबार तथा ताराले शुक्रबार उडान तालिका राखेका थिए ।
उनीहरूले इन्धनको मूल्य बढेको भन्दै भाडादर ९ हजार ५ सय बनाएका छन् ।

निगमले त्यही मौकामा सातामा तीन दिन उडान राखेर एयरपोर्ट शुल्कसहित ६ हजार बनाए सँगै ३५ सय सस्तो भाँडा भएकाले यात्रुको चाहना नेवानी तिरै भए पनि निगमले सेवा दिन सकेको छैन ।

विमानस्थल कालोपत्रे भएपछि मंसिर बाट उडान सुरु गरेको निगमले एक महिना सम्म नियमित उडान गरेको थियो । तर अरू विमानलाई समस्या बनाएपछि आफूले पनि उडाउन छाडेको छ ।

प्रतिक्रिया दिनुहोस्: