झापाको सभापतिमा थापा र थेवे भिड्ने

download11951285_508320416000057_5172346530417152827_nबिर्तामोड । नेपाली कांग्रेस झापाको सभापतिमा उद्धव थापा र देउमान थेवे भिड्ने भएका छन् । आफ्नो बिजयी निश्चत रहेको बताउदै थेवेले उम्मेद्धवारी घोषणा गरिसकेका छन् ।

त्यस्तै अर्का प्रत्यासी थापाले आज जिल्ला पार्टी कार्यालयबाट उम्मेद्धवारी घोषणा गर्ने उनि निकट श्रोतले जनाएको छ । गाउँ र नगरबाट निर्वाचित ९ सय मतदाताले जिल्लाको सभापति सहीतका अन्य पदमा मतदान गर्नेछन् । त्यसैगरि झापाका ७ वटा निर्वाचन क्षेत्रमा क्षेत्रीय समितिको सभापती सहितका अन्य पदका लागी २२ गते निर्वाचन हुने बताइएको छ ।

यहि २५ गते हुने कांग्रेस झापाको चुनावमा केशब कुमार बुडाथोकी, भगिरथ पोद्धार, बिश्वप्रकास सर्मा र नरेन्द्र बिक्रम नेङमाङले देउमान थेवेलाइ सघाउने भएका छन् भने सुधिर शिवाकोटी र कृष्ण सिटौलाले उद्धव थापालाई सघाउने भएको कांग्रेस निकट श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: