प्युठानमा कांग्रेस उम्मेदवारवीच कुटाकुट

ncप्युठान । प्युठान कांग्रेसमा क्षेत्रीय सभापतिका दाबेदारहरुबीच कुटाकुट भएको छ।

प्युठान क्षेत्र नम्बर २ का सभापति आकांक्षी रोज राणाको समूहले ध्रुव गौतमलाई आक्रमण गारेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए। नागरिक दैनिकमा समाचार छ।

गौतम पनि क्षेत्रीय सभापति उम्मेदवारको दौडमा छन्। क्षेत्रीय सभापति बन्नका लागि भनेर राणा केही दिन अघि मात्रै काठमाडौंबाट प्युठान झरेका थिए।

उनीसहितको झन्डै ११÷१२ जना युवाको समूहले गौतमलाई बुधवार प्युठानको बागदुलामा कुटपिट गरेको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिए। राणा जिल्ला झरेसँगैै गौतमले मंगलबार मात्रै आफूलाई असुरक्षा भएको भन्दै जिल्ला प्रशासण कार्यालयसमक्ष सुरक्षा माग गरेका थिए।

कुटपिटबाट गौतमलाई सामान्य चोटपटक लागेको छ।

प्रतिक्रिया दिनुहोस्: