’भारतीय निकायकै कारण सम्बन्धमा उतारचढाव’

download (1)काठमाण्डौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतका विभिन्न निकायले फरक फरक उदेश्यले काम गर्दा दुई देशबीचको सम्वन्धमा उतार चढाव आउने गरेको बताएका छन्। कान्तिपुर दैनिकमा समाचार छ।

त्रिभुवन विश्वविद्यालय मानविकि शास्त्र अन्तरगत अन्तराष्ट्रिय सम्वन्ध तथा कूटनीतिमा स्नाकोत्तर (मिर्ड) को दोस्रो बार्षिकोत्सवको अवसरमा आयोजित ‘संविधान निर्माणपछिको कूटनीति विकास’ विषयक कार्यक्रममा थापाले यस्तो बताएका हुन्।

‘नेपाल(भारत समवन्धमा भारतीय संस्थापक, राजनीतिक दलहरु, खुफिया एजेन्सिहरु, सुरक्षा संयन्त्र, कर्मचारीतन्त्र लगायतले फरक फरक उद्देश्यले काम गरेको कारण समस्या जटिल बन्ने गरेको यथार्थमा हामी छौं, उनले भने।’

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका अबसरमा राजनीतिकस्तरमा सम्वन्ध सुमधुर र स्पष्ट पार्नेमा नेपालको जोड रहनेछ बताए।

“नेपाल भारतबेष्ठित नै छ । भारतसंगको सम्वन्धलाई ख्याल गरेर अघि बढ्न सक्नु पर्छ,थापाले भने,’ हामीले छिमेकसंग कस्तो सम्वन्ध राख्ने भन्ने आधार तय गरेर अघि बढ्न आवश्यक छ।’

चीन र भारत दुवैलाई विश्वासमा लिदै सम्वन्ध सुमधुर बनाएर अघि बढ्नुको विकल्प नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: