सागमा नेपालको २३ वर्षयताकै खराब प्रदर्शन

imagesकाठमाण्डौ । मंगलबार सम्पन्न १२ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले २३ वर्षयताकै खराब प्रदर्शन गरेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

भारतको गुवाहाटी र सिलोङमा भएको सागमा नेपालले ३ स्वर्ण मात्रै जित्यो। पदक तालिकाको छैटौं स्थानमा खुम्चियो। ३८६ खेलाडीले भाग लिएको नेपाली टोली इतिहासकै जम्बो पनि थियो । नेपालले १९९३ को सागमा १ स्वर्ण, ६ रजत र १५ कांस्य जितेको थियो। त्यसयताका सागमा नेपालले आफ्नो उपस्थिति बलियो बनाउँदै लाग्यो।

सन् १९९५ को सागमा ४ स्वर्ण जितेको नेपालले सन् १९९९ मा काठमाडौंमा आयोजना भएको आठौँ सागमा ३२ स्वर्ण हात पारेको थियो। नवौँ सागमा ७ र दसौँमा १५ स्वर्ण जितेको नेपालले ६ वर्षअघि ढाकामा भएको एघारौँ सागमा ८ स्वर्णसहित ३६ पदक जितेको थियो।

प्रतिक्रिया दिनुहोस्: