पाइलट र को–पाइलटको शव काठमाडौं ल्याइयो

Dineshneupane-and-Santosh-ranaकाठमाण्डौं । कालिकोटमा भएको एयर काष्ठमण्डपको विमान दुर्घटनामा ज्यान गुमाएका विमानका पाइलट र को–पाइलटको शव काठमाडौं ल्याइएको छ ।

दुर्घटनामा ज्यान गुमाएका पाइलट दिनेश न्यौपाने र को–पाईलट सन्तोष रानाको हिजो कोहलपुर लगिएको थियो । शवको टिचिङ अस्पतालमा पोस्टमार्टम गरिने छ । पोस्टमार्टमपछि पाइलट दिनश न्यौपानेको शव दाहसस्कारका लागि पुन कोहलपुर लगिने छ ।

नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखाया गाविस–२ मा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा पाइलट र को–पाइलट दुवैको ज्यान गयो । तर, विमानमा सवार ९ यात्रुको ज्यान जोगियो ।

आकाशमा उडिरहेको बेला एक्कासी इन्जिन खराव भएपछि पाइलट न्यौपाने र कोपाइलट सन्तोष रानाले आकस्मिक अवतरणको प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: