युवतीको दुवै गाला काटियो

chekकलैया । बाराको कलैयामा एक युवकले धारिलो हतियार प्रयोग युवतीको दुबै गाला काटिदिएका छन् । गढिमाइ नगरपालिका ६ बबुआइन ३५ वरियाकुमारी बरईको दुबै गाला कोटिएको छ र उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।

राति शौचालय जाने क्रममा छिमेकी २२ वर्षका विके चौरसियाले यवतीको दुबै गाला काटेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनापछि गम्भीर

घाइते भएकी बरइको जिल्ला अस्पताल कलैयामा उपचाररत उनलाई वीरगञ्ज रिफर गरिएको छ ।अभियुक्त अहिले फरार छन् । प्रहरीले उनका बाबुलाई नियन्त्रणमा लिएको छ र छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: