redपारस तिम्सिना/बिर्तामोड । लोपउन्मुख रेडपाण्डाको दुई थान काचो छाला सहित २ जनालाइ प्रहरीले शनिवार बिर्तामोडबाट पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले बिर्तामोडको फेमीली होटलबाट पाँचथर फलैचा ९ का सुकबीर राइ र ताप्लेजुङ सादेवा ४ का कमल कुमार माङमुलाइ पक्राउ गरेको हो ।

पक्राउ दुइ थान काचो छाला एक हप्ता अगाडी मात्र मारीएको हुनसक्ने इलाका प्रहरी कार्यालयका इन्सपेक्टर जनार्दन घिमिरेले बताए । बिर्तामोड ६ मा रहेको सो होटलमा दुर्लभ रेड पाण्डाको काचो छाला राखिएको र त्यो काठमाण्डौ लैजाने तयारी गरिएको सुचना केन्द्रीय अनुसन्धान बिभागले प्राप्त गरेपछि स्थानिय प्रसासनको सहयोगमा उनिहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुलाइ इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । उनिहरुलाइ राष्ट्रिय निकुञ्ज तथा संरक्षण ऐन २०२९, साइटिस महासन्धी १९७५ बिरुद्धको अपराध भएकाले ५ बर्ष देखि १५ बर्षसम्म कैद र ५० हजार देखी १ लाख सम्म जरिवाना हुने कानुनि प्रावधान रहेको छ ।

 बिर्तामोडबाट काठमाण्डौ मात्र नभइ भारतका बिभिन्न स्थानहरुसम्म तस्करी गर्दा बिर्तामोड नै सुरक्षीत स्थानका रुपमा प्रयोग हुदै आएपछि स्थानियहरुको चासो र गुनासो बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्: