खुला र प्रदेशतर्फको मतगणना जारी, भोलिसम्ममा गणना सकिने

man newsकाठमाण्डौ । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा केन्द्रीय सदस्य छनोटको लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।
शनिबार आरक्षण तर्फको नतिजा आएको छ । खुलतर्फ र प्रदेशतर्फको मतगणना आज पनि जारी रहेको छ । प्रदेश र खुला तर्फको मत गणना मात्र बाँकी रहेको र गणना स्थल थप गरिएकाले भोली सम्म सम्पूर्ण नतिजा सार्वजनिक हुने निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले बताए ।

खुलातर्फका केन्द्रीय सदस्यको १५ सय मत गनिएको छ, जसका खुमबाहादुर खड्का ८ सय ९८ मत ल्याएर एक नम्बरमा छन् । दोस्रोमा रहेका शेखर कोइराला ८सय ८५ मत पाएका छन् ।

खुला तर्फ २५ जना केन्द्रीय सदस्यका लागी ९० जना उम्मेदवार छन् । त्यस्तै ७ वटा प्रदेशबाट २४ जना निर्वा्चित हुने छन् । जसका लागि ६७ जना उम्मेदवार बनेका छन् । हरेक प्रदेशका लागि २ जना केन्द्रीय सदस्य रहने छन् ।

प्रतिक्रिया दिनुहोस्: