हुम्लामा हिमपात

humla-4हुम्ला । हुम्लाको सदरमुकाम सिमीकोटमा आज बिहानैदेखि हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।
हिमपातपछि हुम्लाको एकमात्र विमानस्थलबाट नेपालगन्ज र सुर्खेत आउने हवाई उडान बन्द भएको छ ।

कात्तिकमा छरेको जौ, गहुँ यो हिमपातपछि उम्रिने स्थानीय बासिन्दा बताउँछन् । भदौदेखि पानी नपरेको सिमीकोट सदरमुकाममा यो हिमपातपछि रुघाखोकी कम हुने स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्: