एक ट्यांकर डिजेलसहित कालोबजारी गर्न खोज्ने पाँच पक्राउ

बिराटनगर । कालोबजारी गर्न लान लागिएको एक ट्यांकर डिजल सहित विराटनगरमा पाँच जना पक्राउ परेका छन् । विराटनगरमा रहेको धिताल पेट्रोल पम्पबाट राति बाह्र बजे डिजल ट्यांकरमा लोड गर्दै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
ना ४ ख ११४२ नम्बरको ट्यांकरमाnew पम्पबाट डिजेल लोड गरी पूर्वाञ्चलका विभिन्न स्थानमा कालोबजारी गर्ने तयारी गरिएको अवस्थामा पम्पका कर्मचारी सहितका व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सन्तोष धितालको नाममा रहेको पेट्रोल पम्प गनी शारदाले भाडामा लिएर सञ्चालन गर्दै आएका थिए । प्रहरीले उक्त पम्पबाट कालोबजारी भइरहेको सूचनाको आधारमा प्रहरीले निगरानीमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्: