टर्कीको राजधानीमा मध्यरातमा बम विस्फोट, ३४ जनाको मृत्यु, १२५ भन्दा धेरै घाइते

bisfot-_turkyकाठमाडौं । टर्कीको राजधानी अंकारामा भएको बम आक्रमणमा ३४ जनाको ज्यान गएको छ ।
राजधानी अंकारामा सवारी साधनको चाप रहेको बसपार्क तथा पर्कको नजिक गराइएको विस्फोटमा १२५ भन्दा धेरै मानिस घाइते भएका छन् ।

मध्यरातमा गराइएको विस्फोटमा दुई आक्रमणकारीको पनि ज्यान गएको हुन सक्ने टर्कीका स्वास्थ्य मन्त्री मेहमत मुएजिंग्नोग्लुले जानकारी दिए । बीबीसीका अनुसार विस्फोटको आवज पुरै सहरमा सुनिएको थियो ।

टर्कीका आन्तरिक मामिला मन्त्रीले आक्रमणमा कसको संलग्नता छ भन्ने अनुसन्धान जारी रहेको बताए । गत महिना पनि अंकारामा एक बम धमाका भएको थियो जसमा ३० जनाको ज्यान गएको थियो । जसको कुर्द चरमपन्थी समूहले जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: