भारतको जोगवनीबाट ७ नेपाली महिलाको उद्धार

Jogabani-Indiaविराटनगर । मोरङ प्रहरीले सात जना नेपाली महिलालाई जोगवनी रेलवे स्टेसनबाट उद्धार गरेको छ ।
प्रहरी निरीक्षक पौडेलका अनुसार भारतको नयाँदिल्ली हुँदै खाडीमुलुक लैजान लागिएका सात जना महिलालाई उद्धार गरिएको हो ।
चितवन, संखुवासभा, उदयपुर र सुनसरी घर भएका महिलाको उद्धार गरिएको हो । दिल्लीको बाटो हुँदै खाडीमुलुकतर्फ महिलालाई लगिँदै गरेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले रेल चढ्न लाग्दा गएराति १२ बजे उद्धार गरेर ल्याएको हो ।

उद्धार गरिएका महिला २१ देखि ३७ वर्ष उमेर समूहका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: