बुढानीलकण्ठमा देउवा र पौडेलवीच ’वान टु वान’

Ser-bahadur-Dauba-and-Ramchabdraकाठमाण्डौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मंगलबार आफ्नै निवासमा चियापान कार्यक्रम राखेर सभापति शेरबहादुर देउवासहित नयाँ नेतृत्वलाइ बोलाए ।

देउवाले पनि पौडेलको हात उठाएर नेता–कार्यकर्ता एवं सञ्चारकर्मीसँग जितको खुसी साट्न भ्याए । त्यसको अघिल्लो दिनमात्रै देउवा र पौडेलबीच बुढानीलकण्ठस्थित देउवानिवासमा ‘वान टु वान’ वार्ता भएको थियो, जुन वार्ताबारे धेरैले सुइँको पाएनन् ।

सोही वार्तापछि चुनावी तिक्तता मेट्ने प्रयासमा पौडेलले आफ्नै निवासमा चियापनका लागि देउवालाई बोलाएका हुन् । कांग्रेसको १३ औं महाधिवेशनमा पार्टी सभापति पदका तीन उम्मेदवार थिए । तर, प्रतिस्पर्धा देउवा र पौडेलबीच भएको थियो ।

दोस्रो चरणमा चुनाव जित्दै देउवा कांग्रेसको सभापति बने । पौडेल बरिष्ठ नेता बनेर बस्न बाध्य भए ।

प्रतिक्रिया दिनुहोस्: