भीरबाट लडेर ताप्लेजुङमा १ महिलाको मृत्यु

Death-Bodyताप्लेजुङ । ताप्लेजुङमा गएराति भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
खोक्लिङ बजारबाट नुन लिएर घर आउने क्रममा अँधेरी भीरबाट लडेर घाईते भएकी खोक्लिङ ८ की ३२ बर्षीया तुलसा बिकको उपचारका लागि जिल्ला अस्पताल लाँदै गर्दा बाटोमा मृत्यु भएको स्थानियबासीले बताएका छन् ।

घटनास्थलमा अस्थाई प्रहरी चौकी खोक्लिङबाट प्रहरी टोली गई मुचुल्का उठाएर शव आफन्तलाई बुझाएको छ ।
अँधेरो र भिरमा बाटो सानो भएकाले बिक भीरबाट खस्न पुगेको हुन सक्ने प्रहरीको अनुमानछ । उनी बाटोबाट करीव तीन सय मिटर तल खसेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्: