७ वर्षीया बालिका बलात्कृत

20-delhi-womenभैरहवा । रुपन्देहीमा सात वर्षीया बालिकालाई बलात्कृत गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही हाटिबनगाई ४ का १७ वर्षीय सन्जय कुँवरलाई बालिका कलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनले स्थानीय बालिकालाई चकलेट दिने बहानामा आफ्नो घरमा बोलाएर बलात्कार गरेकाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ((डिएसपी) रामेश्वर कार्कीले जानकारी दिए ।

बलात्कार गरेपछि कुँवर फरार भएको र जिल्लाको अमवा गाउँस्थित बाजे बाजैको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी कार्कीको भनाई छ ।
कुँवर माथि जिल्ला अदालत रुपन्देहीमा जबरजस्ती करणी मुद्दा दर्ता गरी थप म्यादमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: