अर्चना पनेरुसहित ‘जिस्म’ यूनिटलाई तारिखमा छाडियो

interview-with-archana-paneruपोखराका विभिन्न स्थानमा छायांकन भैरहेको चलचित्र ‘जिस्म’ यूनिटलाई सोमबार प्रहरीले समातेपछि यसले नेपाली मिडियामा राम्रै स्थान पायो । भविष्यमा पोर्न स्टार बन्छु भन्दै अभिव्यक्ति दिएर उत्तेजक तस्बिर खिचाएकी अर्चना पनेरुलाई लिएर निर्देशक राजु गिरीले यो चलचित्र बनाइरहेका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यलय, कास्कीले चलचित्र यूनिटलाई तारिखमा छाडेको छ । निर्देशक राजु गिरीका अनुसार चलचित्रको सम्पूर्ण सामान प्रशासन कार्यलयमै राखेर तारिखमा छाडिएको हो । अब, चलचित्र विकास बोर्डबाट इजाजत पत्र नपाएसम्म चलचित्रको छायांकन हुनेछैन ।

यो बिषयमा कुरा गर्दै अर्चनाले आफूले पोर्न स्टार बन्छु भनेपनि नबनिसकेको बताइन् । उनले भनिन ‘म भविष्यमा पोर्न स्टार बन्छु । तर, अहिले बनिसकेको छैन । हामीले समाजलाई पच्ने चलचित्र नै बनाएका छौ । यसैले इजाजत नपाउने भन्ने कुरा नै हुँदैन ।’ चलचित्र विकास बोर्डले चलचित्रको कथावस्तु र कलाकारका कारण इजाजत दिन नसकिएको भन्दै आवश्यक सहयोगका लागि जिल्ला प्रशासन, कास्कीमा पत्र पठाएको थियो । निर्देशक राजु गिरीले सेन्सर बोर्डदेखि विभिन्न निकाय भएकाले भोली चलचित्र चलाउन नमिल्ने नै बनाएको खण्डमा रोकिने भन्दै अहिले नै बोर्डले दादागिरी देखाएको बताए ।

प्रतिक्रिया दिनुहोस्: