मोफसलकै ठुलो पुरस्कार राशीको झापा गोल्ड कप नकआउट फुटबल प्रतियोगिता हुने

foot balबिर्तामोड । झापा जिल्ला फुटबल संघले मोफसलकै ठुलो पुरस्कार राशीको झापा गोल्ड कप नकआउट फुटबल प्रतियोगिता २०७२ आयोजना गर्ने भएको छ । प्रतियोगितामा बिजेता टीमलाई ६ लाख र उपबिजेतालाई ३ लाख रुपैंया पुरस्कार दिने आयोजकले जनाएको छ ।
संघले रमपम झापा ११ को सहआयोजनामा चैत्र १८ देखि २७ सम्म झापाको डोमालाल रंगशालामा प्रतियोगिता गर्ने जानकारी दिएको छ । गोल्ड कप सम्पन्न गर्नका लागि होमप्रसाद पाण्डेको अध्यक्षतामा मुल आयोजक समिति निर्माण गरि तयारी शुरु गरिएको छ ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका ६ र बिदेशका चार गरि १० टिमको सहभागिता रहने एन्फा केन्द्रीय सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङ्गले बताए । प्रतियोगितामा नेपालका मनाङ मस्र्याङदी, थ्री स्टार, रमपम झापा ११, बिभागीय टीम नेपाल आर्मीे, नेपाल पुलीस, शसस्त्र प्रहरीको टीमको सहभागिता रहने छ । त्यसैगरि भारत, बंगलादेश, श्रीलङका र भूटानका राष्ट्रीय खेलाडी सम्मिलत टीम आउने तय भएको आयोजक समितिका अध्यक्ष पाण्डेले बताए ।
प्रतियोगिता एन्फाको क्यालेन्डरमा समावेश भएकाले प्रत्येक बर्ष आयोजना गरिने जानकारी एन्फा केन्द्रीय सदस्य गुरुङ्गले दिए । झापाकै प्रतिष्ठाको रुपमा लिएको यो प्रतियोगिता सम्पन्न गर्न ५५ लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान आयोजकको छ । देशभरमै सबैभन्दा बढी फुटबल प्रतियोगिता हुने जिल्लाका रुपमा दरिएको झापा जिल्लालाई फुटबल हबको रुपमा बिकास गर्न प्रभावकारी खेल आयोजना गरिएको उनले बताए ।
गत सिजनको लीगमा रमपम झापा ११ ले प्रभावकारी खेल प्रदर्शन गरेपछि उत्साहित भएका झापाली दर्शकहरु अन्तराष्ट्रीय प्रतियोगिता हेर्न आतुर भएकाले झापामै सो स्तरको प्रतियोगिता आयोजना गरिएको हो । हरेक बर्ष झापा गोल्डकप आयोजना गरिने आयोजकको भनाइ छ ।
प्रतियोगिताका लागि डोमालाल रंगशालामा १५ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिने आयोजक समितिका महासचिब गणेश पोखरेलले बताए । रंगशाला घेराबारा गर्ने काम भइसकेको जानकारी दिदै उनले मैदानको प्रबिधिक परिक्षण सम्पन्न भइसकेको बताए ।
प्रतियोगितामा लाग्ने सम्पुर्ण खर्च प्रायोजक, सहप्रायोजक र राष्ट्रीय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ तथा सुभेच्छुकबाट संकलन गरिने तथा टिकट बिक्रिबाट संकलित रकम रमपम झापा ११ का खेलाडीको स्तरबृद्धीमा खर्च गरिने बताइएको छ ।

बिर्तामोड २९ फागुन । झापा बिद्रोहको घटनामा आधारित चलचित्र ‘सुखानी शहादत’ चैत्र १ गते बिर्तामोडमा प्रदर्शन गरिने भएको छ ।
२०२८ देखि २०३० सालसम्म भएको झापा बिद्रोहको घटनामा आधारित रहि निर्माण गरिएको सो चलचित्रको च्यारिटी सो बिर्तामोडको कृष्णा टाकिजमा प्रदर्शन गर्न लागिएको निर्माण पक्षले जनाएको छ । २०२८ सालमा पक्राउ परेका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइकेल, बिरेन राजबंशी, नारायण श्रेष्ठलाई झापाबाट इलाम जेल सार्ने बहानामा सुखानीमा लगि हत्या गरिएको थियो ।
सुखानी शहिद प्रतिष्ठानको संयोजनमा चारबर्षको अध्ययन पछि निर्माण भएको चलचित्रको लेखक तथा निर्देशक दिपेन्द्र दाहाल छन् । त्यसबेला हत्या गरिएका रामनाथ दाहाल र निर्देशक दिपेन्द्र दाहालको गित चलचित्रमा छ भने संगित जुगल डंगोलको रहेको छ ।
सेन्सरबोर्डले भारत बिरुद्ध गरेको नारावाजी चलचित्रमा समावेश नगर्न आदेश दिएपछि निर्माण पक्ष क्रुद्ध भएको छ । चलचित्रमा महेशपुर, सुस्ता मिचिएको कुरा र सीमा अतिक्रमणको बिषय उठान गर्न नपाएकोमा निर्माण युनिटले क्षमायाचना गरेको छ । निर्माण युनिटले सम्पुर्ण दर्शकलाई यसबारेमा बुझिदिन आग्रह पनि गरेको छ ।

बिर्तामोड २९ फागुन । बिर्तामोड नगरपालिकाले लगाएको एकिकृत सम्पती कर अब्यवहारिक भएको आरोप स्थानीयको छ । शनिबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने बक्ताले खेतियोग्य जमिन र शहरी क्षेत्रका जमिनमा लाग्ने कर समान भएको भन्दै सच्याउन आग्रह गरेका छन् ।
बिर्तामोड नगरपालिकाले वडा स्तरमा छलफल नगरि राजनीतिक दलको सुझावका आधारमा मात्र तयार गरेको सम्पति कर सम्बन्धी प्रावधानले किसानहरु मर्कामा परेको उनीहरुले बताए । नगरपालिकाले पनि सो कर सम्बन्धी निर्णय गलत भएको स्विकार्दै चैत्र मसान्तसम्ममा पुर्नमुल्याङकन गर्ने कार्यकारी अधिकृत रविन्द्र वस्तीले बताए । उनले कर तिरिसकेका करदाताको बढी लिएको कर बापतको रकम फिर्ता हुने जानकारी दिएका थिए ।
बर्षाैंदेखि बिर्तामोडले भोग्दै आएको फोहोर ब्यवस्थापनको समस्या दिर्घकालिन समाधानका लागि नगरपालिकाले अन्य नगरपालिकासँग समन्वय गर्दै समाधान गर्न लागेको वस्तीले जानकारी दिएका थिए । उनले ल्याण्डफील साइटको अभावमा ब्याक्रिगत जमिनमा फोहोर ब्यवस्थापन गरिरहेको बताए ।
नगरपालिकाले कृषी प्रविधिक राख्नुपर्ने, पशु स्वास्थ्य चौकी स्थापना गर्नुपर्ने, सुचनाको हकलाई प्रभाबकारी कार्यान्वयन गर्नुपर्ने, यूवा लक्षित योजना अघि बढाउनुपर्ने लगायतका सुझाव आएको नगरपालिकाका प्रशासन प्रमुख मेघराज बाँस्तोलाले बताए ।
नगर क्षेत्रमा कुकुरको सङख्या अत्याधिक मात्रामा बढेपछि चैत्रदेखि बन्ध्याकरण शुरु गरिने कार्यक्रम रहेको बाँस्तोलाले बताए । नगरक्षेत्रका साँघुरा सडकलाई चौडा गर्ने योजना यसै बर्षदेखि प्रारम्भ गरिने भनाई उनको थियो ।

प्रतिक्रिया दिनुहोस्: