फेसबुकमा चिनजान, नाजायज सम्वन्धपछि ‘ब्ल्याकमेलिङ’

Niraj-Kumar-Chaudhari-Baba-From-Hetaudaकाठमाण्डौं । ‘पूर्व प्रेमिका’का अश्लिल तस्वीरहरु सार्वजनिक गरेको आरोपमा प्रहरीले मकवानपुर हेटौंडाका निरजकुमार चौधरीलाई पक्राउ गरेको छ ।
निरज र पीडित युवती (काठमाडौं २६ प्रहरीले दिएको कोड नाम) बीच झण्डै एक वर्षअघि फेसबुकमा चिनजान भयो । ‘निरज बाबा’ भन्ने निरज चौधरी वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरब थिए । फेसबुकबाट जोडिएको सम्वन्ध गाढा बन्दै गयो ।
निरज पछि साउदी अरब छाडेर काठमाडौं आए । ‘प्रेमिका’सँग काठमाडौंमा रात बिताए । उनीहरुको बीचमा सबैखाले सम्वन्ध स्थापित भएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
तर, निरज विवाहित थिए । जब यो कुरा थाहा भयो युवती उनीबाट टाढिन खोजिन् । निरजले भने होटलमा बास बसेको बेला नशालु पदार्थ खुवाएर अश्लिल तस्वीरहरु खिचेका रहेछन् ।
जब युवती टाढिन थालिन् निरजले ब्लाकमेलिङ सुरु गरे । अश्लिल तस्वीरहरु फेसबुकमा राख्ने तथा साथीहरुलाई पठाएर मानसिक तनाव दिन थाले र उजुरी नगर्न दबाब दिए ।
निरजले युवतीलाई विभिन्न ठाउँमा बोलाउने र यौन सम्वन्ध राख्न दबाब दिने गरेको पाइएको छ । झण्डै तीन साता अघि युवती नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी गर्न पुगिन् ।
उनकै उजुरीका आधारमा प्रहरीले चौधरीलाई हेटौंडाबाट पक्राउ गरेको छ । चौधरीमाथि विद्युतीय कारोवार ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साथै केन्द्रीय अनुसन्धान विभाग सीआईबीले चौधरीबाट अरु पनि पीडित भएको हुन सक्ने भन्दै भए उजुरी दिन आग्रह गरेको प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस्: