‘सुर्के थैली’ जस्तै चर्चित बन्ला त ‘काकाकुल जिन्दगी’ ?

surkeनेपाली चलचित्र ‘वडा नम्बर छ’ मा राखिएको ‘सुर्के थैली खै’ बोलको गीत गाएर चर्चामा आएका गायक राजनराज शिवाकोटीले नयाँ गीत गाएका छन्, ‘काकाकुल जीन्दगी’ ।

दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र ‘छक्का पन्जा’का लागि गाएको सो गीत पनि लोकशैलिमा केन्द्रित भएको राजनराजले बताए ।
‘लोक परिवेशमै केन्द्रित गीत बनाएको छु, हल्का दोहोरी शैलीको छ ।’ उनले कुरा गर्दै भने ‘सुर्के थैली जत्तिकै चर्चित होला त ? राजनराज हाँस्दै भन्छन् ‘मैले त त्यो भन्दा पनि राम्रो बनाएको छु । हेरौं दर्शकले कस्तो मान्छन् ।’

राजनराजकै स्वर संगीत रहेको ‘सुर्के थैलि खै’ बोलको गीत सर्वाधिक चर्चित भएको थियो । उक्त गीत अहिले युट्युव च्यानलमा ५९ लाख पटक हेरिएको छ ।
‘काकाकुल जीन्दगी’ बोलको गीत पनि उनले चलचित्रको कुरा हुनु अघि नै बनाएका थिए । यसको रचना उनले आफ्नो गाउँ जन्मस्थान दोलखाकै जंगलमा गरेका हुन्, जहाँ बसेर उनी प्राय गीत रचना गर्ने गर्छन् ।
गीत तयार भइसकेपछि दीपकराज गिरीसँग भेट भएको थियो । गीत सुने लगत्तै दीपकराजले सम्झौता गरेका थिए । यस गीतमा राजनराज र अन्जु पन्तले स्वर दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: