अनन्त भने ‘कांग्रेससहित राष्ट्रिय सरकार बनाउनुपर्छ’

Barshaman-Punकाठमाण्डौं । एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुन अनन्तले नेपाली कांग्रेसलाई पनि सहभागी गराएर राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताएका छन् । संविधान कार्यान्वयनका लागि सबै दल एक ठाउँ आउनुपर्ने भन्दै उनले राष्ट्रिय सरकारको आवश्यकता औंल्याए ।

क्रान्तिकारी पत्रकार संघ दाङले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले सबै दलहरुबीच एकता नभए प्राप्त उपलब्धी गुम्ने खतरा औंल्याए ।
संविधान कार्यान्वयनका लागि अझै करिब ४ सय बढी कानुनहरुलाई परिमार्जन र करिब डेढ सय नयाँ कानुन बनाउन बाँकी रहेको भन्दै उनले त्यसका लागि सहमतिय राष्ट्रिय सरकार बन्नुपर्नेमा जोड दिए ।

उनले ०७४ माघ ७ गतेसम्म संविधान कार्यान्वयन भइसक्ने बताए । संविधान कार्यान्वयनका लागि केन्द्रीय निर्वाचन, प्रान्तीय निर्वाचन र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने अनन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्: