अनुलाई मन पर्यो सविनले फाइट हानेको

Bazigar-8न परेको मान्छेले जे गरेपनि राम्रो भनेजस्तै भएको छ नायिका अनु शाहको जीवनमा पनि । बजारको चर्चा र चलचित्रकर्मीको कुरालाई सत्यता मान्ने हो भने, सविन र अनु गुपचुप प्रेममा छन् । तर, यी दुइले कहिल्यै पनि आफ्नो प्रेमलाई स्विकार गरेका छैनन् ।

नायक निखिल उप्रेतीसँग चलचित्र ‘भैरव’मा काम गरेकी अनुले सविनको एक्सन मनपर्ने बताएकी छिन् । पत्रकारहरुसँग कुरा गर्दै उनले सविनको एक्सन शैली मनपरेपनि किन भन्ने प्रश्नको जवाफ दिइनन् ।

अनुलाई पनि एक्सन शैलीका चलचित्रमा काम गर्ने मन छ । तर, आफ्नो सोझो खालको अनुहारका कारण कसैले पनि यस्तो चलचित्रका लागि अफर नगरेको यी नायिकाले गुनासो गरिन् ।
चलचित्र ‘भैरव’ प्रदर्शनको समयमा निखिलमाथि नै अनुले कटाक्ष गरेकी थिइन् । सायद, यसैले पनि हुनसक्छ निखिलको भन्दा अनुलाई सविनको एक्सन मन पर्न थालेको छ । नेपाली चलचित्र क्षेत्रमा निखिललाई ‘एक्सनका राजा’ पनि भनिने गरिएको पाइन्छ ।
नेपालमा एक्सन गर्नसक्ने नायिकाको कमी भएको पनि यी सुन्दरीले दाबी गरिन् । अब, चाडै नै अनु र सविनले एक्सन चलचित्रमा एकसाथ काम गरे भने अनौठो नमान्दा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्: