गाविस सचिवद्धारा पुनर्निर्माणको काम बहिस्कार

Barpak-earthquake-center-of-nepal-बारपाक-28काठमाण्डौं । दोलखाका गाविस सचिवहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको काम बहिष्कार गरेका छन् । प्राधिकरणको निर्दे्शिका स्पष्ट नभएको भन्दै उनीहरुले आइतबारदेखि पुनर्निर्माण प्राधिकरणसँग सम्बन्धित कुनै पनि काम नगर्ने घोषणा गरेका आजको राजधानी दैनिकमा समाचार छ ।

गाविस सचिवले काम गर्न नमानेपछि पुनर्निर्माण प्राधिकरणको काम रोकिएको छ । पत्रकार सम्मेलन नै गरेर उनीहरुले प्राधिकरणसँग सम्बन्धित काम नगर्ने घोषणा गरेका हुन् ।

काम गर्दै जाँदा त्रुटी भए त्यसको सम्पूर्ण दोष गाविस सचिवले बेहोनुपर्ने भन्नेमा उनीहरुको असन्तुष्टि रहेको छ । यस्तै उनीहरुले शतप्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था र सुरक्षाको प्रत्याभूति हुनुपर्नेलगायतका माग राखेका छन् ।

गाविस सचिव हकहित संरक्षण केन्द्र दोलखाका अध्यक्ष तीर्थराज घिमिरेले प्राधिकरणले जारी गरेको निर्दे्शिकामा आफूहरुलाई वेवासता गरेकाले पुननिर्माण प्राधिकरणका कामहरु वहिष्कार गरेको बताए ।
उनका अनुसार एउटै गाविस सचिवले तीनवटासम्म गाविसको काम गर्नुपरेका अवस्थामा प्राधिकरणको काम पनि थपिदा लेखा व्यवस्थापन, पञ्जीकरणलयातका काम प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: