झापामा एसएलसी परिक्षाको तयारी पूरा

faceबिर्तामोड । झापामा चैत १८ गतेदेखि शुरु हुने एसएलसी परिक्षाको तयारी पूरा भएको छ । जिल्ला शिक्षा कार्यालय झापाले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी परिक्षाको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ ।

यसबर्षको एसएलसीमा २ सय ९३ बिद्यालयका १६ हजार नौ सय ७९ जना बिद्यार्थी सहभागि हुने जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइटेलले बताए । जसमध्ये सामुदायिकतर्फ एक सय १०, संस्थागततर्फ एक सय ७६, शरणार्थी शिविरका २, प्राबिधिक धारका २ र खुल्ला शिक्षाका २ बिद्यालयका बिद्यार्थी रहेक जिल्ला शिक्षा अधिकारी लुइटेलले जानकारी दिए । नियमितका १३ हजार ७ सय ९७, एक्जेम्टेडका ३ हजार ४ सय ४२ जना बिद्यार्थी रहेका उनले बताए ।  उनले झापामा ५२ वटा परिक्षा केन्द्र कायम गरेको जानकारी दिंदै ५ जना महिला सहित ५२ केन्द्राध्यक्ष खटाईएको बताए ।

परिक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, सुरक्षाकर्मी, निरीक्षक गरेर १ हजार ७ सय ५७ जना परिचालन गर्ने तयारी गरिएको जिशिका झापाले जनाएको छ । यो पटकदेखि ग्रेडिङ गरेर उत्तरपुस्तिका परिक्षण गरिने भएका कारण बिद्यार्थीले फेल हुनु नपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्: