महिलाको साथबाट एक लाख २५ हजार रुपैयाँ लुटियो

surkhetसुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा एक महिलाको साथबाट एक लाख २५ हजार रुपैयाँ लुटिएको छ । लुटेराले खुर्सानीको धुलो आँखामा हालिदिएर रकम लुटेका हुन् ।
सुर्खेतको वीरेन्द्रनगर–६ मा बस्दै आएकी पार्वती बुढा क्षेत्रीले प्रभु बैंकको शाखाबाट निकालेको रकम तीन जनाको संख्यामा रहेको समूहले लुटेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पैसा निकालेर कृषि विकास बैंक पछाडिको बाटो हुँदै कोठातर्फ फर्किरहेकाबेला सोमबार दिउँसो साढे १ बजेतिर पार्वती लुटिएकी थिइन् ।
पीडितले भनेको हुलियाको आधारमा केहि व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पीडित पार्वतीका अनुसार रातो कलर गरेको, लामो कपाल भएको र खैरो ज्याकेट लगाएको व्यक्तिले रकम लुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्: