‘मिस ग्य्राण्ड झापा २०१६’ चैत २६ गते गर्ने तयारी

missबिर्तामोड । ‘मिस ग्य्राण्ड झापा २०१६’ का फाइनल प्रतिस्पर्धाका लागि ग्रिसा एण्ड कम्पनिले आयोजना गरको १६ जना प्रतियोगी छानिएका छन् । फाइनल स्पर्धा चैत २६ गते गर्ने तयारी गरिएको आयोजकले जानकारी दिएको छ ।

झापामा मोडलिङ क्षेत्रप्रति बढ्दो आकर्षणलाई ध्यान दिदै कम्पनिले मिस ग्रयाण्ड झापा २०१६ आयोजना गरेको हो ।
देशमा कायम रहेको महिला हिंसा सम्बन्धी चेतना जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको आयोजक समितिका ब्यवस्थापक पवन खतिवडाले बताए । यसअघि सम्पन्न मिस झापा भन्दा ब्यवस्थित तरिकाले यस बर्ष मिस ग्य्राण्ड झापा सम्पन्न गर्ने बताइएको छ ।

झापाका बिभिन्न स्थानबाट सहभागि भएका ३५ जना मध्ये अन्तिम स्पर्धाका लागि १६ जना सहभागिलाई कोरियोग्राफर अस्मिता सिटौलाले तालिम प्रदान गरिरहेको खतिवडाले बताए । बिभिन्न बिधामा उत्कृष्ठ हुनेलाई झापाका कलेज तथा कन्सल्टेन्सीले छात्रबृती प्रदान गर्ने बताइएको छ । यसका साथै प्रथम हुनेलाई ४१ हजार नगद सहित मिस ग्य्राण्डको उपाधी प्रदान गरिने आयोजक कमिटिका सन्तोष उप्रेतीले बताए ।
प्रतियोगितामा १६ देखि २५ बर्षसम्मका युवती सहभागी छन् । बिभिन्न बिधामा उत्कृष्ठ १० जनालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई बिर्तामोडको रेडमग क्याफे, मोबाइल दोकान, इन्द्रेणी कलेज, एनजिओआइएमई प्राली, बालाजी ज्वेलर्स, लगायतले प्रायोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: