स्ववियु सभापति स्वस्तिकाको दुर्घटनामा मृत्यु

Swostika-Pokhrelपथलैया । बाराको अमलेखगंज–६ आदाबारमा सोमबार बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ४ ख ५६९६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३ च ८०९७ नम्बरको कार बिहान पौने ५ बजे आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कार चालक काभ्रे, महादेवस्थनाका ४४ वर्षीय ध्रुव कार्की र कारमा सवार उदयपुर, कटारी(२ की ३७ वर्षीया लालकुमारी पोखरेल (स्वस्तिका) रहेका छन् ।
लालकुमारी पोखरेल ‘स्वस्तिका’ पद्मकन्या क्याम्पसकी स्ववियु सभापति हुन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा कारमा सवारसहित अन्य दुईजना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि गण्डक हेल्थ केयर वीरगंज पठाइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: