ffffबिर्तामोड । प्रथम रमपम झापा गोल्डकप २०७२ सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
मोफसलकै सर्वाधिक पुरस्कार राशीको नकआउट फूटवल प्रतियोगिता यहि चैत १८ गतेदेखि झापाको डोमालाल रंगशालामा सञ्चालन हुदैछ । आयोजक समितिले जानकारी गराए अनुसार नेपालका ८ र भारतबाट दुई गरी १० फूटवल क्लबहरुको सहभागिता हुनेछ ।

मुलुकमा नै सबैभन्दा बढी फूटवल गतिबिधि सञ्चालन हुने जिल्लाका रुपमा परिचित झापालाई फूटवल शहरको रुपमा बिकसित गर्ने उदश्यले अन्तराष्ट्रिय गोल्डकप आयोजना गरिएको आयोजक समितिका अध्यक्ष होम पाण्डेले बताए । उनले झापालाई फूटवल पर्यटनको गन्तब्य बनाउने झापा जिल्ला फूटवल संघको लक्षयलाई झापाली उद्योगी ब्यवसायीले समर्थन जनाएको दाबी गरे ।

गोल्डकप सम्पन्न गर्न ५५ ला खर्च अनुमान गरिएकोमा ब्यवसायी, फूटवल प्रेमीहरुले सो बराबर रकम प्रदान गर्ने बिश्वास आयोजक कमिटिले लिएको छ । मंगलबारसम्ममा ३० लाख बढी रकम संकलन हुने आयोजक कमिटिले बचन पाएको अध्यक्ष पाण्डेले बताए ।
पत्रकार सम्मेलनमा प्राबिधिकतर्फ सम्पूर्ण तयारी पूरा भइसकेको बताइएको छ । खेल मैदानमा सातहजार भन्दा बढी दर्शक क्षमताको बासको अस्थाई प्याराफिट निर्माण गरिसकिएको छ । नेपालकै उत्कृष्ट खेल मैदानको रुपमा परिचित रंगशालालाई अन्तराष्ट्रियस्तरमा सुधार गरिएको छ । झापा जिल्ला फूटवल संघका अध्यक्ष तथा एन्फा केन्द्रीय सदस्य जलकुमार गुरुङ्गका अनुसार झापाली फूटवल प्रेमीको सहयोग रहेमा डोमालाल रंगशालालाई केहिबर्ष भित्रै नेपालकै उत्कृष्ट रंगशाला निर्माण गरिने छ ।

उपाधि जित्ने लक्ष्यका साथ रमपम झापा ११ फूटवल टिमले ४ जना नयाँ खेलाडीलाई अनुबन्धन गरेको बरिष्ट फूटवल प्रशिक्षक भगीरथ आलेले बताए । उनले टिमलाई कडा मेहनतका साथ प्रशिक्षणमा सहभागि गराइएको बताउदै आगामी बर्ष सम्ममा नेपालको राष्ट्रिय ध्वाजाबाहक टिम बनाउने लक्ष्य रहेका बताए ।
गोल्डकप सम्पन्न गर्न रोजगारका लागि बिदेश गएका झापाली फूटवल समर्थकले आर्थिक सहयोग प्रदान गरिरहेको आयोजक समितिका महासचिब गणेश पोखरेलले बताए । पत्रकार सम्मेलनमा झापा ११ फूटवल फ्यान साउदी अरबबाट संकलित एक लाख ३३ हजार ६ सय २० रुयैयाँ शान्ता बिष्ट र निशा राईले आयोजक कमिटिलाई हस्तान्तरण गरेका थिए । त्यसैगरी मेलेशिया, दुबई र अष्ट्रेलियाका नेपालीले समेत आर्थिक सहयोग पठाइरहेका बताइएको छ ।

गोल्डकपको बिजेतालाई ६ लाख र उप–बिजेतालाई ३ लाख रुपैयाँसहित पुरस्कृत गरिने आयोजक कमिटिले बताएको छ । त्यसैगरी उत्कृष्ट खेलाडीलाई मोटरसाइकलसहित बिभिन्न बिधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ५० हजार माथिको बिभिन्न पुरस्कार प्रदान गरिने महासचिब पोखरेलले बताए । खेल चैत १८ गते शुरु भई २७ गते सम्मपन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: