वैज्ञानिकहरूको भेला काठमाडौंमा, राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन सुरु

Nast-Building-750काठमाण्डौं । सातौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन काठमाडौमा सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)द्वारा आयोजित सम्मेलनमा दक्षिण एसियालीसहित विभिन्न १० मुलुकका वैज्ञानिकहरु सहभागी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको एक होटलमा सम्मेलन उदघाटन गरेका हुन् ।

तीन दिनसम्म चल्ने सम्मेलनमा ५६ वटा प्राविधिक सत्र सञ्चालन गरी ६ सय ८ वटा वैज्ञानिक र प्राविधिक कार्यपत्र प्रस्तुत गर्ने नाष्टका उपकुलपति प्रा. डा. जीवराज पोखरेलले जानकारी दिए । सम्मेलनमा भारतको जवाहरलाल नेहरु सेन्टर फर एड्भान्स्ड रिसर्चका वैज्ञानिक प्रा. डा. सीएनआर राओ र चीनको चाइनिज एकेडेमी अफ साइन्सेजका अध्यक्ष प्रा. डा. बाइ चुन्ली पनि सहभागी छन् । उनीहरुले मुलुकको विकासमा विज्ञान प्रविधिको भूमिका विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्राविधिक सत्रहरु भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण सम्बन्धी प्रविधिमा केन्द्रीत हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: