१ सय २२ दुर्घटना, २० हजार जना कारवाहीमा

daruकाठमाण्डौं । आठ महिनाको अवधिमा राजधानीमा २० हजार भन्दा धेरै चालक मापसेगरी सवारी चलाएकोमा कारवाहीमा परेका छन् ।
साउन देखि २५ फागुन सम्म २० हजार ६ सय ७४ जना कारवाहिमा परेको महानगरीय ट्राफिक महाशाखाले जनाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

मापसे कारवाहरी सुरु गरेपछि दुर्घटना धेरै घटेको महाशाखाले जनाएको छ । तर मापसेका कारण एक वर्षमा एक सय भन्दा बढि दुर्घटना भएकोलमा चार जनाको मृत्यु र एक सय सात जना घाइते भएका छन् ।

यो वर्ष पनि एक सय २२ वटा दुर्घटना मापसेका कारण भएकोमा चारजनाको मृत्यु र एक सय सात जना घाइते भएका छन् । गत वर्ष एक सय ५० वटा दुर्घटना भएकोमा तीनजनाको मृत्यु र एक सय ६२ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्: