एमालेमा केन्द्रीय विभाग र सल्लाहकार समितिमा विवाद्

amaleकाठमाण्डौ । सत्तारुढ नेकपा एमालेमा केन्द्रीय विभाग र सल्लाहकार समितिमा सदस्य मनोनयनका विषयमा विवाद् भएको छ। केन्द्रीय विभाग र सल्लाहकार समितिका सदस्यको मनोनयनको विषयलाई लिएर विवाद् भएपछि पार्टीको स्थायी समितिको बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको बैठक विना निर्णय टुंगिएको छ ।

बैठकमा सचिवालयका तर्फबाट विभिन्न १८ वटा विभागमा रहने सदस्यहरुको नाम पेश गरिएको थियो । बैठकमा नेता माधवकुमार नेपाल पक्षीय नेताहरुले १८ वटा विभागमा रहने सदस्यको मात्र नामावली प्रस्तुत गरिनुको कारण स्पष्ट पार्न अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरे ।
उनीहरुले सबै विभागलाई एकैपटक पूर्णता दिइनुपर्ने र विभागहरुमा मनोनयन गर्दा स्पष्ट मापदण्ड तोकिनुपर्ने बताए । नेता नेपाल पक्षीय नेताहरुले १८ वटा विभागका लागि पेश गरिएका नामबारे आफूहरुले अध्ययन गर्न पाउनुपर्ने बताएपछि अध्यक्ष एवं प्रधानमन्त्री ओलीले कार्यव्यस्तताको कारण जनाउँदै बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका छन्।
पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थायी समितिको अब बस्ने बैठकले केन्द्रीय विभागहरुका सदस्यहरुको मनोनयनको निर्णय गर्ने जानकारी दिए।
एमालेमा सदस्यहरुको मनोनयन गरिनुपर्ने केन्द्रीय विभाग, अञ्चल, फाँटसहितका विभिन्न ५४ वटा निकाय छन् । तर महाधिवेशन सम्पन्न भएको डेढ वर्ष वित्दा पनि एमालेले केन्द्रीय विभाग र अन्य निकायमा सदस्यहरुको मनोनयन गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्: