श्रीयम बाण्ड मसलाको बिक्री वितरण झापाको बिर्तामोडबाट शुरु

masalaबिर्तामोड । चारबर्ष अघि काठमाण्डौको सितापाईलामा उत्पादन शुरु गरिएको श्रीयम बाण्डको मसलाको बिक्री वितरण बुधबारदेखि झापाको बिर्तामोडबाट शुरु गरिएको छ ।
माँ अन्नपूर्णा इन्डष्ट्रिज प्रालिले बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी रेवती टे«डर्स बिर्तामोडलाई बिक्री बितरणको जिम्मा दिएको बताएको हो । गृहिणीहरुको समयलाई ध्यानमा राखेर तयार गरिएको उक्त २६ प्रकारको मसलामा नुन र तेल बाहेक शब्जीमा अन्य कुरा आवश्यक नपर्ने कम्पनीले बताएको छ ।
मसलामा अलैंची, अधुवा, बेसार, सुकमेल, जाइफल, ल्वाङ, दालचिनी, मरिच जस्ता धेरै प्राकृतिक खाद्यवस्तु प्रयोग गरिएको हुँदा खाना पकाउने क्रममा नुन बाहेक अरु कुनैपनि प्रकारका मसलेदार सामाग्री आवश्यक नपर्ने एकमात्र मसला भएको माँ अन्नपूर्णा इन्डष्ट्रिज प्रालिका अध्यक्ष अमित जटियाले बताए । श्रीयम मसला थोरै राख्दा पनि धेरै लाग्ने र स्वादिलो हुने साथै मानव स्वास्थ्यका हिसाबले पनि उत्कृष्ट रहेको अध्यक्ष जटियाले जानकारी दिए ।
उपत्यका बाहिर चीतवन, कास्की, धनगढी, नेपालगञ्ज, दाङ्ग, जनकपुर लगायतका स्थानमा उपभोक्ताको मन जितिसकेको कम्पनीले जनाउदै बिर्तामोडमा पनि यो मसलाले उपभोक्ताको मन सजिलै जित्ने बिश्वास लिएको छ । बिदेशी मसलाको प्रयोग बढेको भन्दै स्वास्थ्य मसलाका लागि उपभोक्ता जागरुकता हुन् भन्ने उदेश्यका साथ यो मसलाको उत्पादन र बजार बिस्तारमा लागेको कम्पनीले बताएको छ । रेवती टे«डर्स बिर्तामोडका प्रोपाराइटर अनुप सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सोनालिका टे«डर्स हेटौडाका प्रोपाराइटर फिरोज खान, कम्पनीका हरिप्रसाद हुमागाई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: