साहरुख खान र भन्साली फेरि एकसाथ काम गर्दै 

ssslll०१५ डिसेम्बर १८ को दिनलाई संझने हो भने, बलिउडका चर्चित नायक साहरुख खान र निर्देशक संजयलिला भन्सालीविच ठूलै युद्ध थियो । भन्सालीको चलचित्र ‘बाजिराओ मस्तानी’ र साहरुखको चलचित्र ‘दिलवाले’ एकै दिनमा रिलिज भएपछि मिडियामा विभिन्न खालका समाचार प्रकाशित भए । तर, यो कुराले साहरुख र भन्सालीको सम्बन्धलाई फरक पारेको छैन ।
साहरुख खान मंगलबार संजयलिला भन्सालीलाई वधाई दिन उनकै घरमा आयोजना गरिएको पार्टीमा पुगे । भन्सालीले यो बर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’तर्फ उत्कृष्ट निर्देशकको पुरस्कार पाएका थिए ।

साहरुख र संजय एकसाथ काम गर्न लागेको चर्चा पनि सुरु भएको छ । चर्चित अनलाइन बलिउड हंगामाका अनुसार साहरुख र संजय नयाँ चलचित्रका लागि होमवर्कमा छन् । केही दिन अगाडि मात्र सलमानको घरमा संजय र साहरुखको यस बिषयमा छलफल भएको थियो ।

साहरुखले नै संजयलाई आफ्नो नयाँ चलचित्रका लागि अफर गरेका थिए । यसपछि, यी दुई अहिले कथावस्तुको बिषयमा छलफलमा जुटेका छन् । यो चलचित्रको बिषयवस्तुलाई भने गोप्य राखिएको छ । यी दुइले ‘देवदास’ नामक चलचित्रमा एकसाथ काम गरेका थिए, जसले सर्वा्धिक चर्चा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्: