आजदेखि एसएलसी शुरु, टहरोमा बास, टहरोमै परीक्षा

Tahara-ma-padhdai-school-180x135काठमाण्डौं । कक्षा नौ उत्तीर्ण गरेर १० मा पुग्दा पूजा न्यौपाने निकै खुसी भएकी थिइन् । प्रवेशिका परीक्षा (एसएलसी) लाई केन्द्रमा राखेर उनले शैक्षिक सत्रको सुरुबाटै राम्रो तयारी थालेकी थिइन् ।
सदरमुकाम चौतारा पुगेर किताब, कापीकलम र अन्य पाठ्यसामग्री किनिन् । आजको नागरिक दैनिकमा समाचार छ ।
कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविकी छात्रा पूजा स्कुल समयबाहेक साँझविहान पनि पढाइमै केन्द्रित हुन थालेकी थिइन् ।
उत्कृष्ट अंकसहित एसएलसी पास गर्ने उनको सपना वैशाख १२ को विनासकारी भूकम्पले मार हान्यो । घर गल्र्याम्म ढल्यो, स्कुल पोसाक, किताबकापी सबै पुरिए। त्रिपालमुनि डेढ महिना गुजारिन् उनले । जेठ अन्तिम साता स्कुल खुल्दा लगाएको एकसरो लुगाबाहेक उनीसँग केही थिएन । जसोतसो उनी विद्यालय जान थालिन् ।
‘पढ्दापढ्दै भूकम्प जान्थ्यो । हामी निकै पछटक स्कुलबाट भागेका छौँ, एसएलसी परीक्षा दिन सदरमुकाम आएकी पूजाले भनिन् । ‘पढाई त त्यस्तै हो, कथितबेला फेरि भूकम्पको धक्का आउँछ भनेर प्रतीक्षा गथ्र्यौं।’ उनको स्कुल नढले पनि नराम्ररी चर्किएको छ । ‘भूकम्पपछि पूरा सेट किताब निकै पछि जुटेको हो,’ पूजा सुनाउँछिन् ।
केही किताब आफैले किनेकी उनलाई केही शैक्षिक सामग्री स्कुलले दियो । वल्लतल्ल किताब जुटेपनि पढ्ने राम्रो वातावरण उनले वर्षभर पाइनन् । ‘सवैतिर यस्तै हो भन्ने लागेपछि कात्तिकदेखि मात्र पढाइमा ध्यान जान थाल्यो उने भनिन् ।’
जिल्लाको जेठो शैक्षिक संस्था कृष्णरत्न उच्चमावि उनको परिक्षा केन्द्र हो, उनको । भूकम्पले ध्वस्त यो विद्यालय अहिले जस्ताको टहरो मा सञ्चालित छ । यो मात्र होइन सिन्धुपालचोकका धेरै विद्यालयहरु टहरामा सञ्चालित छन् ।

प्रतिक्रिया दिनुहोस्: