नयाँ शक्ति झापाको संयोजकमा कुमार क्षेत्री

kkkबिर्तामोड । नयाँ शक्ति नेपाल जिल्ला परिषद झापा गठन भएको छ । शुक्रबार बिर्तामोडमा सम्पन्न प्रथम जिल्ला परिषद भेलाले कुमार क्षेत्रीको संयोजकत्वमा ७२ सदस्यीय परिषद गठन गरेको हो ।

परिषद सदस्यमा अशोक शर्मा तेजलाल कर्ण,देव लिम्बू ,मोहन तिम्सिना,पनिता ढकाल,बिरवहादुर क्षेष्ठ,चन्द्रजित राई,गोकुल हुमागाई,बिमलदेव काफ्ले,राजन खड्का,बुदिवहादुर क्षेष्ठ,लीलाबहादुर खड्का ,पुष्पप्रसाद पौडेल,एसपी लुईटेल,सुर्वण भट्टराई छन् । त्यस्तै देबी राई नरेन्द्र मिश्र,कमला पराजुली,चिरञ्जीबि खवास लगायत छन् ।

एक सय १ सदस्यीय रहने परिषदमा आवश्यकता अनुसार प्रतिनिधि मनोनित गरिने संयोजक क्षेत्रीले जानकारी दिए । कार्यक्रममा नयाँ शतिm नेपाल १ नंम्बर प्रदेश संयोजक राजेन्द्र किराती,केन्द्रिय सचिवालय सदस्य अशोक शर्मा,पासाङ शेर्पा,डम्वर खतिवडा,केन्द्रिय परिषद सदस्य तेजलाल कर्ण,दलमर्धन कामी,अरुण सुन्दास,देवराज भण्डारी,मोहन तिम्सिना ,खेमराज प्रधान,प्रदेश कार्यालय सचिव पशुपति नेपाल,बिद्यार्थी प्रदेश संयोजक कृष्ण भट्टराई,सांस्कृतिक तथा मनोरञ्जन समिति झापा अध्यक्ष भावना लुईटेल ,पनिता ढकाल लगायतले शुभकामना बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्: