नारीका ३२ लक्षण के–के हुन्

anuskaप्रत्येक नारीमा ३२ लक्षण आवश्यक छ भनेर सर्बत्र चर्चाहुने गरेको त हामीलाई थाहा नै छ । तर नारीका ३२ लक्षण के–के हुन् भन्ने सायद कमै मानिसलाई थाहा छ । नारीका ३२ लक्षण यस्ता छन् ।
१. पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु ।
२. हातका औ“ला लामा हुनु ।
३. औँला टम्म मिलेका हुनु ।
४. छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।
५. शरीरमा विभिन्न सात वटा सुगन्ध हुनु ।
६. हरिणका जस्ता फिला हुनु ।
७. गुप्तांगहरू हात्तीको अण्डकोषझैँ गुप्त रहनु ।
८. शरीरको माथिल्लो भाग सिंहजस्तै सलक्क मिलेको हुनु ।
९. शरीर सुगठित हुनु ।
१०. काँध पुष्ट, चौडा र गोलो हुनु ।
११. पाखुरा राम्ररी फर्कने हुनु ।
१२. पाखुरा लामा हुनु ।
१३. सम्पूर्ण शरीर कान्तिमय हुनु ।
१४. शंखसमान घाँटी हुनु ।
१५. सोझो र सिंहको जस्तो चिउँडो हुनु ।
१६. बत्तीस वटा दाँत हुनु ।
१७. चम्किला र टमक्क जोडिएका दन्तपंक्ति हुनु ।
१८. समान मिलेका दा“त हुनु ।
१९. बंगारा स्वच्छ र सुन्दर हुन ।
२०. जिब्रो लामो हुनु ।
२१. सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु ।
२२. कोइलीको जस्तो स्वर हुुनु ।
२३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी हुनु ।
२४. आँखीभौँ साँढेका जस्ता र नीलकमलका रङका हुनु ।
२५. आ“खीभौ“का बीच रौ“कै कोमल र सूक्ष्म रेखा हुनु ।
२६. मिलेको कपाल हुनु ।
२७. अकबरी सुनजस्तै प्रदीप्त शरीर हुनु ।
२८. प्रबल र प्रभावशाली व्यक्तित्व हुनु ।
२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु ।
३०. नीलमणिजस्तो कालो र टल्कने केश हुनु ।
३१. न्याग्रोध परिमण्डल ।
३२. विष्णुको जस्तो दृढ स्वभाव हुनु
स्रोत स्वास्थ्य खवर ।

प्रतिक्रिया दिनुहोस्: